नियम १८
पक्षद्वारा मेलमिलापकर्ता नियुक्ति गर्ने
(१) मुद्दा हेर्ने निकाय समक्ष दायर भएको मुद्दा मेलमिलापद्वारा समाधान गर्ने गरी आदेश भएपछि मुद्दाका पक्षहरुले देहायका व्यक्तिहरुमध्येबाट बढीमा तीनजना मेलमिलापकर्ता नियुक्ति गर्नु पर्नेछः–
(क) सम्बन्धित मुद्दा हेर्ने निकायमा सूचीकृत भएका मेलमिलापकर्ता,
(ख) ऐनको दफा २१ बमोजिम मेलमिलापकर्ताको रुपमा काम गर्न प्रमाणपत्र प्राप्त व्यक्ति ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरु आपैंmले मेलमिलापकर्ता हुने व्यक्ति प्रस्ताव गरेकोेमा मेलमिलापकर्ताको तालीम नलिएको र प्रमाणपत्र प्राप्त नभएको व्यक्ति पनि मेलमिलापकर्ताको रुपमा नियुक्ति गर्न सकिने छ ।
(३) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि सर्वोच्च अदालत र उच्च अदालतमा दायर भएको मुद्दाको हकमा पक्षहरुले चाहेमा सम्बन्धित जिल्ला अदालतले तयार गरेको मेलमिलापकर्ताको सूचीमा रहेका व्यक्तिलाई समेत मेलमिलापकर्ताको रुपमा नियुक्ति  सक्नेछन् ।
(४) उपनियम (१) बमोजिम पक्षहरुले मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थालाई मेलमिलापकर्ताको सहजकर्ताको रुपमा काम गर्न रोजेमा त्यस्तो संस्थाले मेलमिलापकर्ता नियुक्ति गर्ने सम्बन्धमा छुट्टै नियमावली वा कार्यविधिको व्यवस्था गरेको भए पक्षहरुले त्यस्तो नियमावली वा कार्यविधि बमोजिम मेलमिलापकर्ता नियुक्ति गर्नु पर्नेछ ।
(५) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरुले मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थालाई मेलमिलापकर्ताको सहजकर्ताको रुपमा काम गर्न रोजी त्यस्तो संस्थाबाट मेलमिलापकर्ताको नाम पठाउन अनुरोध गरेमा सो संस्थाले आफ्नो संस्थामा सूचीकृत भएका मेलमिलापकर्तामध्येबाट कुनै मेलमिलापकर्ताको नाम सिफारिस गरी पठाउन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम मेलमिलापकर्ताको नाम सिफारिस गरी पठाउ“दा मेलमिलाप सम्बन्धी काम गर्ने संस्थाले ऐनको दफा ६ को उपदफा (३) बमोजिम उपयुक्त व्यक्तिको नाम सिफारिस गरी पठाउनु पर्नेछ ।
(७) एकजना मेलमिलापकर्ता नियुक्त गर्न पक्षहरु सहमत भएकोमा दुवै पक्षको सहमतिबाट र तीनजना मेलमिलापकर्ता नियुक्त गर्नु परेमा प्रत्येक पक्षहरुले एक एकजना र पक्षहरु आफैले वा त्यसरी नियुक्ति भएका दुईजना मेलमिलापकर्ताले तेस्रो मेलमिलापकर्ता नियुक्त गर्नेछन् ।
(८) तीनजना मेलमिलापकर्ता नियुक्त भएकोमा तेस्रो मेलमिलापकर्ताले संयोजक भई काम गर्नेछ ।